Wednesday, February 2, 2011

हास्ने है त अब

एक दिन दुई प्रेमी घुम्न गएछन अनि उनिहरु गफ गर्न थालेछन । यत्तिकैमा प्रेमिले प्रेमिका लाइ भनेछ तिमिलाइ यो संसारमा शबै भन्दा बढि माया कस्को लाग्छ प्रेमिकाले पनि भनिछ मलाइ त यो संसारमा सबै भन्दा बढि माया तिम्रो लाग्छ प्रेमिले उत्सुक हुँदै  भनेछ हो र मलाइ पनि यो संसारमा  सबै भन्दा बढि माया मेरो नै लाग्छ भनेछ।

धरै समय पछि एक दिन दुईवटा लामखुट्टेहरु भेट भएछन् र कुरा गर्ने क्रममा एकले अर्को लामखुट्टेलाई भनेछ- "जव देखि मैले मान्छेको रगत खान छाडेको थिएँ, तव देखि मेरो पेट राम्ररी भरिएको छैन, यार ! के खाने होला ?" अर्को लामखुट्टेले- "तिमीले किन मान्छेको रगत खान छाडेको यार ?" पहिलो लामखुट्टेले- "(निरास हुँदै) के गर्ने? हिजो आज मान्छेहरुको रगतमा एड्सको खतरा छ नि यार !"

 मोटे ख्याउटे
एउटा मोटो मानिस बसको सिटमा गजधम्म परेर बसिरहेको थियो । त्यतिकैमा एउटा ख्याउटे मानिस बसमा चढ्यो । मोटे सिटमा बसेको देखेर उसले ब्यंग्य गर्दै भन्यो:
ख्याउटेः यो बसमा त हात्तीहरुले मात्रै बस्न पाउने हो कि क्या हो ?
मोटे:   हैन, आउनोस् न, गधाहरुलाई पनि सिट खाली छ ।

पापी आमा
गर्भवती आमाको काखमा बसेर ३ बर्षकी मेमोरी खेलरहेकी छे ।
मेमोरीः  (मम्मीको गर्भपेटमा देखाउँदै) मम्मी, हजुरको भुँडी किन यत्रो ठुलो भएको ।
मम्मीः   नानु, यो बाबु हो । मेरो पेटभित्र सानो बाबु छ ।
मेमोरीः   हजुर त कस्तो पापी !
मम्मीः    किन नि ?
मेमोरीः त्यति सानो बाबुलाई किन खानुभएको त !